जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदी ललितपुरबाट पक्राउ

जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदी ललितपुरबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ असोज २०८३
  • 494
    Shares

पोखरा, १९ असोज २०८३ ।

जेनजी प्रदर्शनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका सहकारी ठगीसम्बन्धी कसूरका एक जना कैदी ललितपुरबाट पक्राउ परेका छन्। पोखरा महानगरपालिका–२९, पटनेरी निवासी ४५ वर्षीय उत्तम मगर रहेका छन्।

उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका–४, सानोगाउँस्थितबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार , मगर सहकारी ठगीसम्बन्धी कसूरमा पुर्पक्षका लागि कास्की जिल्ला कारागारमा रहेका बेला २०८२ भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार भएका थिए। उनलाई पक्राउ गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी तीव्र पारेको थियो।

पक्राउ परेका मगरलाई आवश्यक कानुनी कारबाहीका लागि पुनः कास्की जिल्ला कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया