तनहुँ, , १९ असोज २०८३।
तनहुँको भानु नगरपालिका–१०, तल्लो मैदानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा उक्त मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भानु नगरपालिका–१०, तल्लो मैदानका ४५ वर्षीय शंकर पाण्डेलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज र पछाडि सवार सोही ठाउँका ६५ वर्षीय टंकनीति पाण्डेलाई लमजुङ सामुदायिक अस्पताल पुर्याइएकोमा उनीहरुको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।