नवलपुरको दाउन्नेमा एकाबिहानै यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते (नामावलीसहित)

नवलपुरको दाउन्नेमा एकाबिहानै यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते (नामावलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असोज २०८३
  • 1.6K
    Shares

नवलपुर् , १७ असोज २०८३

नवलपुरको दाउन्नेमा आज एकाबिहानै यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस बिनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान पौने ४ बजे सडकबाट नालामा पल्टिएर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको हो भने १० जना घाइते भएका छन्।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका ३ बस्ने बर्ष ५० को निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका वडा नं ३ बस्ने बर्ष ३२ को दिपेन्द्र के.सी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज, बाँकेको कोहलपुर नगरपालिका १० बस्ने वर्ष ५५ को एकेन्द्रराज रेग्मी, बाँकेकै नेपालगंज उपमहानगरपालिका वडा ७ बस्ने वर्ष २२ को कृष कनौजिया र हाल सनाखत हुन नसकेका एक जना पुरुष रहेको प्रहरीले जानकारी दिएको छ।

,

घाइते हुनेमा

१. जिल्ला गोरखा, गो.न.पा.-०९ बस्ने वर्ष ३० को हरिशरण थापा,

२. जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी,

३. जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती,

४. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ को पवन बुढा,

५. जिल्ला बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ को सञ्जय थारु,

६. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने वर्ष २५ को प्रेम बम,

७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री,

८. जिल्ला बर्दिया बाँसगढी न.पा. ७ बस्ष ३६ को लाल बहादुर कार्की,

९. जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान,

१०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन् ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बसमा सवार घाइतेहरूलाई उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार