कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु, ११ जना यात्रु घाइते

कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु, ११ जना यात्रु घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ असोज २०८३
  • 437
    Shares

पोखरा , १६ असोज २०८३।

कपिलवस्तुको चोरखोलामा आज बिहान बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्।

श्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.२ ख २४७१ नम्बरको टिप्परलाई शुक्रबार बिहान करिब ६ः१० बजे ओभरटेक गर्ने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ठक्कर दिंदा बस चालकको मृत्यु भएको हो भने ११ जना यात्रु घाइते भएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका बस चालक बाँकेको खजुरा गाउँपालिका–५ निवासी ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा बसमा सवार ११ जना यात्रु घाइते भएका छन्।  घाइतेमध्ये सल्यान शारदा नगरपालिका–१५ की ३५ वर्षीया पार्वती बोहोरा, बाँके नेपालगञ्ज उपमहानगरपालिका–२ का १४ वर्षीय सुसान्त, दाङ राप्ती गाउँपालिका–३ का ३४ वर्षीय रिसमान थारु, बाँके गुलरिया गाउँपालिका–६ का २१ वर्षीय विष्णु थारु, मुगु छायानाथ रारा नगरपालिका–१२ का १७ वर्षीय अरुण बुढाथोकी, बाँके राप्तीसोनारी गाउँपालिका–६ का १९ वर्षीय सागर थारु र ३० वर्षीया तिलकुमारी खत्री सामान्य घाइते भएका छन्।

त्यस्तै, दाङ तुलसीपुर उपमहानगरपालिका–९ बलुवाकी २१ वर्षीया सम्झना चुदार, जाजरकोट छेडागाड गाउँपालिका–११ का ४१ वर्षीय दिपेन्द्र गिरी, बाँके खजुरा गाउँपालिका–२ का ४० वर्षीय कृष्णबहादुर भण्डारी र बाँके कोहलपुर नगरपालिका–११ का ४५ वर्षीय गगन चुनारा पनि सामान्य घाइते भएका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। घाइतेहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ। प्रहरीका अनुसार उनीहरूको अवस्था प्रारम्भिक रूपमा सामान्य रहेको छ।

दुर्घटनामा संलग्न ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका–२ का २४ वर्षीय रूपेश धिमाल र टिप्पर चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

दुर्घटनाको विस्तृत कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया