आफैले पढाउने छात्रालाई यौन दुर्व्यवहार : रामेछापबाट पक्राउ परे शिक्षक

आफैले पढाउने छात्रालाई यौन दुर्व्यवहार : रामेछापबाट पक्राउ परे शिक्षक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ असोज २०८३
  • 437
    Shares

पोखरा , १६ असोज २०८३।

आफैले पढाउने १३ वर्षीया छात्रालाई परीक्षामा पास गराइदिने प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापबाट बुधबार एक जना शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका ४८ वर्षीय नबिन भनिने नवराज भण्डारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भण्डारीले छात्रालाई परीक्षामा पास गराइदिने भन्दै ललाइफकाई यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसका साथै उनले सामाजिक सञ्जालमार्फत छात्रालाई अश्लील फोटो, भिडियो तथा सन्देश पठाउने गरेको आरोपसमेत प्रहरीले लगाएको छ।

पक्राउ परेका भण्डारीलाई रामेछाप जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि आठ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। उनीमाथि बाल यौन दुर्व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार घटनासँग सम्बन्धित थप प्रमाण तथा विवरण संकलन गर्ने काम भइरहेको छ। अनुसन्धानपछि प्राप्त तथ्य र प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया