पृथ्वी राजमार्गको तनहुँस्थित चुनपहरामा पर्यो, सडकमा भ्वाङ

पृथ्वी राजमार्गको तनहुँस्थित चुनपहरामा पर्यो, सडकमा भ्वाङ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ असोज २०८३
  • 741
    Shares

chun paharo bhwang, पृथ्वी राजमार्गको तनहुँस्थित चुनपहरामा पर्यो, सडकमा भ्वाङ

तनहुँ, १२ असोज २०८३ ।

पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा क्षेत्रमा सडकमा भ्वाङ परेको छ।

सडकको छेउतर्फको लेनको बीच भागमा भ्वाङ परेपछि उक्त सडकखण्डमा सवारी आवागमन जोखिमपूर्ण बनेको छ। भ्वाङका कारण दुर्घटनाको जोखिम बढेकाले सम्बन्धित निकायले सावधानी अपनाउन आग्रह गरेको छ।

सवारी चालकलाई उक्त सडकखण्डमा गति कम गरी सावधानीपूर्वक सवारी चलाउन आग्रह गरिएको छ। सडकमा परेको भ्वाङका कारण थप क्षति हुन नदिन सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिएको छ।

प्रतिक्रिया