सार्वजनिक रुपमा ‘जेलमा नाइके हामी तोक्छौँ’ भन्ने युवा पक्राउ

सार्वजनिक रुपमा ‘जेलमा नाइके हामी तोक्छौँ’ भन्ने युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ असोज २०८३
  • 494
    Shares

aashish malla

काठमाडौं, १२ असोज २०८३ ।

गृहमन्त्री सुधन गुरुङको सचिवालयका सदस्यहरूसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै हिँडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मल्ललाई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ बाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–४ घर भई काठमाडौं बस्दै आएका ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ल रहेका छन्।

प्रहरीका अनुसार , सामाजिक सञ्जालमा मल्लले आफू गृहमन्त्रीका मानिससँग निकट सम्बन्धमा रहेको दाबी गर्दै ‘जेलमा नाइके हामी तोक्छौँ’ लगायतका कुरा गरेको अडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

उक्त अडियोका विषयमा सोधपुछ गर्ने क्रममा मल्लले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप छ। सोही कसुरमा उनीविरुद्ध दुई दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए।

यसैबीच, मल्लविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा बैंकिङ कसुरसम्बन्धी ६ वटा जाहेरी दर्ता भएको प्रहरीको सीआरएस विवरणमा उल्लेख छ। ती मुद्दामा उनी फरार रहेको जनाइएको छ।

प्रतिक्रिया