अबैध लागू औषध ब्राउनसुगरसहित पोखराबाट दुई जना पक्राउ

अबैध लागू औषध ब्राउनसुगरसहित पोखराबाट दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० असोज २०८३
  • 608
    Shares

पोखरा, ९ असोज २०८३।

अबैध लागू औषध ब्राउनसुगरसहित पोखराबाट दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले गएको बिहिबार साँझ करीब साढे सात बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ८ स्थित न्यूरोडबाट कुल ९.३२ ग्राम ब्राउनसुगर (खैरो हिरोइन)सहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा तनहुँको व्यास नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड बस्ने वर्ष २६ का राजु न्यौपाने र पोखरा १८ सराङकोट बस्ने वर्ष ३१ का नारायण थापा रहेका छन् जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार न्यौपानेको साथबाट डिजिटल तराजुले तौल गर्दा प्लास्टिक बाहेक ५.१७ ग्राम ब्राउनसुगर र १ थान मोबाइल, तथा थापाको साथबाट ४.१५ ग्राम ब्राउनसुगर र २ थान मोबाइल बरामद भएको हो।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुरमा आठ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया