तनहुँ, १० असोज २०८३।
तनहुँको आँबुखैरेनीस्थित एक ग्यारेजमा कार्यरत एक भारतीय मजदुरको सोही ग्यारेजमा कार्यरत अर्का कार्यरत भारतीय मजदुरले हत्या गरेका छन
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानीस्थित एक ग्यारेजमा कार्यरत भारतको मोतिहारी जिल्ला घर भएका ५० वर्षीय लालवचन शाहलाई सोही ग्यारेजमा कार्यरत अर्का भारतीय नागरिक भारतको बेतिया जिल्ला घर भएका ३२ वर्षीय जावेद आलमले फलामको डण्डीले हानेर हत्या गरेका हुन्।
प्रहरीका अनुसार , आलमले मादक पदार्थ सेवन गरी शाहको टाउकोमा फलामको डण्डीले हानेर घाइते बनाएकोमा तत्काल उद्धार गरी शाहलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएकोमा चिकित्सकले शुक्रबार राति ८:३५ बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
घटनापछि फरार भएका आलमलाई प्रहरीले आँबुखैरेनी गाउँपालिका–३ स्थित भित्री बजारबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ। पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।