पोखरा, ९ असोज २०८३।
रोल्पाको होलेरी र दहबनको बीचमा पर्ने खर्चे नजिक विपरीत दिशाबाट आउँदै गरेका मिनी ट्रक र जीप एकापसमा ठोक्किँदा पांच जना घाइते भएका छन्।
आज दिउँसो भएको दुर्घटनामा घाइते भएका सबैलाई तत्काल अटोमार्फत प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा लगिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
अविरल वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।