नुवाकोटको घ्याङ्फेदीस्थित ग्याल्वाङ ताइवा खोलामा पहिरो, तादी नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

नुवाकोटको घ्याङ्फेदीस्थित ग्याल्वाङ ताइवा खोलामा पहिरो, तादी नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 817
    Shares

पोखरा, ९ असोज २०८३।

नुवाकोटको घ्याङ्फेदीस्थित ग्याल्वाङ ताइवा खोलामा पहिरो

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीस्थित ग्याल्वाङ ताइवा खोलामा पहिरो गएको छ।

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाका अनुसार घ्याङ्फेदी निवासी विष्णु तामाङले ताइवा खोलामा पहिरो गएको जानकारी गराउनुभएको हो। पहिरोको प्रकृति, त्यसबाट भएको क्षति र पहिरोको परिमाणबारे भने विस्तृत विवरण आउन बाँकी रहेको अध्यक्ष थापाले बताउनुभयो।

पहिरोपछि तादी नदीमा जलसतह बढ्न सक्ने र तटीय क्षेत्रमा जोखिम निम्तिन सक्ने भएकाले गाउँपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी तादी नदी किनारमा बसोबास गर्ने स्थानीय तथा नदी आसपास आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र अनावश्यक रूपमा नदी किनारमा नजान गाउँपालिकाले अनुरोध गरेको छ।

स्थानीय प्रशासन र सम्बन्धित निकायले पहिरोस्थलको थप विवरण संकलन गरिरहेको र अवस्थाको निरन्तर अनुगमन भइरहेको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया