कास्कीका प्रजिअ गुरुङद्वारा सेती नदी क्षेत्रको स्थलगत अनुगमन, सबैलाई सतर्क रहन आग्रह

कास्कीका प्रजिअ गुरुङद्वारा सेती नदी क्षेत्रको स्थलगत अनुगमन, सबैलाई सतर्क रहन आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 494
    Shares

पोखरा, ९ असोज २०८३।

निरन्तरको भारी वर्षाको पूर्वानुमानपछि कास्कीका प्रमुख जिल्ला अधिकारी श्रीमान कुमान सिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सेती नदी क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

आज मिति २०८३।०६।०९ गते प्रजिअ गुरुङसहित सुरक्षा समितिका पदाधिकारीहरुको टोलीले सेती नदीस्थित याम्दी, रामघाट लगायतका उच्च जोखिमयुक्त स्थानहरुमा पुगेर पानीको बहाव, कटानको अवस्था र स्थानीय बासिन्दाहरुको अवस्थाबारे अवलोकन गर्नुभएको हो।

अनुगमनका क्रममा नदीको जलसतह बढ्दो क्रममा रहेको पाइएको र नदी किनारका बस्तीहरुलाई विशेष सतर्कता अपनाउन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

जिल्ला प्रशासनले सेती नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित स्थानमा रहन, अनावश्यक रुपमा नदी किनारमा नजान र कुनै पनि आपतकालीन अवस्थामा तत्काल प्रहरी वा स्थानीय प्रशासनलाई खबर गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया