कास्कीको रुपामा बाढीले सडक अवरुद्ध : वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह

कास्कीको रुपामा बाढीले सडक अवरुद्ध : वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 703
    Shares

पोखरा, ९ असोज २०८३।

अविरल वर्षाका कारण कास्की जिल्लाको रुपा गाउँपालिका-३ स्थित खाल्टे खोलामा पानीको बहाव बढ्दा भित्री सडक अवरुद्ध भएको छ।

पोल्याङ देउराली हुँदै पोखरा जाने भित्री पक्की सडकखण्डमा आज बिहान अन्दाजी ७:१५ बजे खाल्टे खोलाको पानी सडकमा पसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पोल्याङबाट प्रहरी सहायक हवल्दार शिव नारायण चौधरीको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको छ।

प्रहरीका अनुसार हालसम्म सवारी साधनहरु होल्डमा नरहेको र अवस्था सामान्य रहेको छ। वर्षा रोकिएसँगै पानीको सतह घटेपछि सडक सुचारु हुने अपेक्षा गरिएको छ।

सडक अवरुद्ध भएपछि अहिलेलाई वैकल्पिक बाटोको रुपमा पोखरा – तालबेशी – भोर्लेटार हुँदै दमौली जाने बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया