तनहुँबाट काठमाडौं र भरतपुरतर्फ जाने सडकमा यात्रा नगर्न प्रहरीको आग्रह

तनहुँबाट काठमाडौं र भरतपुरतर्फ जाने सडकमा यात्रा नगर्न प्रहरीको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 836
    Shares

तनहुँ, ९ असोज २०८३ ।

तनहुँ जिल्लाबाट मुग्लिङ हुँदै काठमाडौं तथा भरतपुरतर्फ जाने सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ। मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

सडकको अवस्था जोखिमपूर्ण रहेकाले चालक तथा यात्रुलाई अत्यन्तै सजग भएर सवारी सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको छ। हालको अवस्थालाई मध्यनजर गर्दै सम्भव भएसम्म यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरिएको छ।

सेवा तथा सहयोग आवश्यक परेमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ। नेपाल प्रहरी २४सै घण्टा तयारी अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्।

प्रतिक्रिया