अवैध लागू औषधसहित पोखराबाट मेडिकल सञ्चालक पक्राउ

अवैध लागू औषधसहित पोखराबाट मेडिकल सञ्चालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ असोज २०८३
  • 1.6K
    Shares

medical propriter arrested

पोखरा, ६ असोज २०८३

पोखरामा अवैध लागुऔषधसहित एक मेडिकल सञ्चालक पक्राउ परेका छन्। पोखरा महानगरपालिका–६ लेकसाइडस्थित ठाडोपसलमा जिना मेडिकल हल सञ्चालन गर्दै आएका ३२ वर्षीय सबिन चौधरीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।

लेकसाइड क्षेत्रमा लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराती करीब १२ः४० बजे चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरीको साथबाट डाईजापाम ५ एम्पुल, फेनारगन ४ एम्पुल र नुफिन ४ एम्पुल गरी १३ एम्पुल तथा कोडिन १२० चक्की बरामद भएको छ।

अवैध लागुऔषधसहित पक्राउ परेका चौधरीलाई लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया