म्याग्दीका युवाको काठमाडौंमा हत्या

म्याग्दीका युवाको काठमाडौंमा हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असोज २०८३
  • 570
    Shares

काठमाडौं, ५ असोज २०८३ ।

म्याग्दीका एक युवाको काठमाण्डौमा हत्या भएको छ।

म्याग्दीको धवलागिरि गाउँपालिका–५, मलम्पारका करिब ३० वर्षीय सुजन छन्त्यालको काठमाडौंमा हत्या भएको हो ।

प्रहरीका अनुसार छन्त्यालको आइतबार बिहान काठमाडौंको गोंगबुस्थित शिवमन्दिर अगाडिको भित्री गल्लीमा अज्ञात समूहले हत्या गरेको हो। घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ भने हत्यामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

छन्त्यालको शव हाल काठमाडौंस्थित वीर अस्पतालमा राखिएको छ। घटनाबारे छानबिनका लागि महाराजगञ्ज प्रहरी वृत्तमा उजुरीसमेत दिइएको नेपाल छन्त्याल संघका पूर्वकेन्द्रीय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

उपलब्ध विवरणअनुसार सुजन छन्त्याल सामाजिक तथा युवा गतिविधिमा समेत संलग्न थिए। उनी विगतमा छन्त्याल युवा संघ कास्कीको नेतृत्वमा समेत रहेका थिए।

घटनाको वास्तविक कारण, हत्यामा संलग्न व्यक्तिको पहिचान र घटनाको विस्तृत विवरण भने प्रहरी अनुसन्धानपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ। स्थानीय तथा आफन्तजनले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया