चितवनमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

चितवनमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ असोज २०८३
  • 741
    Shares

 चितवन , ३ असोज २०८३ ।

चितवनको खैरहनीमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ क ५०९९ नम्बरको मिनी ट्रक र विपरीत दिशा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.१८ प ५६१२ नम्बरको मोटरसाइकल चितवन, खैरहनी – पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका–०८, चौबिसकोठी चोकमा शुक्रबार दिउसो एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक जिल्ला चितवन, खैरहनी नगरपालिका–०४, चैनपुर बस्ने अन्दाजी २७ वर्षीय राजेश भुजेललाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा दिउँसो ३:०२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मिनी ट्रक तथा चालक जिल्ला बारा, सिमरा उपमहानगरपालिका–०४, औराह बस्ने अन्दाजी ५३ वर्षीय तुलसी राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय खैरहनीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया