अवैध रुपमा हतियार बनाई बिक्री वितरण गर्ने तीन जना गुल्मीमा पक्राउ

अवैध रुपमा हतियार बनाई बिक्री वितरण गर्ने तीन जना गुल्मीमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ भाद्र २०८३
  • 2.5K
    Shares

गुल्मीमा अवैध रुपमा हतियार बनाई बिक्री वितरण गर्ने तीन जना गुल्मीमा पक्राउ

पोखरा, २५ भदौ २०८३।

अवैध रूपमा हातहतियार बनाई बिक्री–वितरण गर्ने गरेको आरोपमा गुल्मीबाट तीन जना पक्राउ परेका छन्।

ल्मीको छत्रकोट गाउँपालिका–५ मानकोट ख्याउडाँडाका बुद्धिबहादुर कामी, प्रेमबहादुर सिंजाली र झगिन बिकलाई प्रहरीले अवैध रूपमा हातहतियार बनाई बिक्री–वितरण गर्ने गरेको आरोपमा पक्राउ गरेको हो।

https://www.facebook.com/plugins/video.php?height=420&href=https%3A%2F%2Fwww.facebook.com%2Freel%2F2019309465437605%2F&show_text=true&width=560&t=0

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–५, मानेकचौर स्थित एक घरमा अवैध रूपमा हातहतियार निर्माण तथा बिक्री वितरण हुने गरेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले खानतलासी गरेको थियो। प्रहरी टोलीले घर तथा आँगनमा खानतलासी गर्दा विभिन्न प्रकारका भ¥वा बन्दुक, कटुवा पेस्तोल, गोली, हतियारका पार्टपुर्जा तथा हतियार बनाउन प्रयोग हुने औजारहरू बरामद गरेको जनाएको छ।

बरामद सामग्रीमा विभिन्न साइजका फलामका पाइप, बन्दुकका पार्टपुर्जा, गोली तथा हतियार निर्माणमा प्रयोग हुने अन्य सामग्रीसमेत रहेका छन्।

यसै क्रममा प्रहरीले प्रेमबहादुर जिसीको घरबाट समेत एक थान भरुवा बन्दुक र गोली बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया