सुनसरीमा निषेधाज्ञा जारी, आज बिहान नौबजेदेखि साँझ पांच बजेसम्म पांच जनाभन्दा बढी भेला हुन रोक

सुनसरीमा निषेधाज्ञा जारी, आज बिहान नौबजेदेखि साँझ पांच बजेसम्म पांच जनाभन्दा बढी भेला हुन रोक


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ साउन २०८३
  • 4K
    Shares

sunasari, सुनसरी कर्फ्यु

इनरुवा, १७ असार २०८३।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ। प्रशासनले २०८३ साल साउन १६ गते साँझ ५ बजेदेखि साउन १७ गते बिहान ९ बजेसम्म ५ जनाभन्दा बढी मानिस जम्मा हुन तथा धर्ना, जुलुस, प्रदर्शन र सभा लगायतका गतिविधि गर्न रोक लगाएको हो।

प्रशासनका अनुसार इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र निषेध आदेशको दायरामा परेको छ।

त्यस्तै, रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिकाका सम्पूर्ण क्षेत्रमा समेत निषेध आदेश लागू हुनेछ।

यसैगरी भोक्राहा नरसिंह, कोशी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा पनि उक्त अवधिभर ५ जनाभन्दा बढी भेला हुने, धर्ना, जुलुस, प्रदर्शन तथा सभा गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले तोकिएको अवधिमा निषेध आदेशको पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार