अर्घाखाँचीमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते

अर्घाखाँचीमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ साउन २०८३
  • 2.3K
    Shares

अर्घाखाँची, १३ साउन २०८३।

अर्घाखाँचीमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते

अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धारामा भरुवा बन्दुक पड्किँदा स्थानीय ३० वर्षीय विष्णु थापा घाइते भएका हुन्।

प्रहरीका अनुसार , मंगलबार दिउँसो करिब १:३० बजे आफ्नै बारीमा बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक बोकेर हिँड्ने क्रममा उनी बारीको डिलमा चिप्लिएका थिए। चिप्लिने क्रममा बन्दुक अचानक पड्किँदा थापाको दायाँ हातको पञ्जामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते थापाको बुटवलस्थित एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ। घटनामा प्रयोग भएको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया