रुपन्देहीमा बस र ईभी माइक्रो एकापसमा ठोक्किंदा १८ जना घा’इते

रुपन्देहीमा बस र ईभी माइक्रो एकापसमा ठोक्किंदा १८ जना घा’इते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ बैशाख २०८३
  • 4.2K
    Shares

पोखरा , १६ बैशाख २०८३।

रुपन्देहीमा आज बिहान बस र ईभी माइक्रो बस एकापसमा ठोक्किंदा १८ जना घा’इते भएका छन्।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको ईभी माइक्रो बस आज बिहान करिब ९ बजे रुपन्देहीको भलुहीस्थित गणेशनगर प्रतिक्षालय नजिक एकआपसमा ठो’क्किँदा १८ जना घा’इते भएका हुन्।

उक्त दु’र्घटनामा परेका घा’इतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। दु’र्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूलाई उद्धार गरी उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ। हाल सबै घा’इतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। दु’र्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार