पोखरा, २ पुष २०६२।
नवलपरासीस्थित एक परालको कुन्युमा ४५ लाख रुपियाँ बराबरको इलेक्ट्रिक चुरोट अर्थात ईलेक्ट्रिक भेप भेटिएको छ।
सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-६ स्थित कब्रस्थान क्षेत्रस्थित परालको कुन्युमा लुकाई राखेको करिब ४५ लाख रुपैयाँ बराबरका ईलेक्ट्रिक भेप भेटिएको हो।
पौष २ गते विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरको टोलीले भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा राखिएका ९ कार्टुनमा प्याक गरिएका १ हजार ८ सय वटा ई-भेप फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बरामद गरिएका ई-भेपहरू आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।