काठमाडौँ, १६ मङ्सिर २०८२।
“मेरो घरमा आगो लगायौं” भनेर नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड” माथि आक्रोश पोख्ने एक युवा विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्।
रक्सीले मातेका उदयपुरका अनुपबहादुर बस्नेत प्रचण्डलाई गाली गरेको भन्दै विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन्।
प्राप्त विवरण अनुसार , नेकपाकाे विराटनगरमा आयाेजित सन्देशसभा सकेर फर्कने क्रममा नेकपा संयोजक प्रचण्ड सोमबार साँझ बिराटनगर विमानस्थल परिसर पुगेका थिए। विमानस्थलकाे भीआइपी कक्ष बन्द भए पछि उनी एयरपाेर्ट भित्र रहेकाे कफी सपमा गएका थिए। सोही क्रममा मादक पदार्थ सेवन गरेका बस्नेतले प्रचण्डलाई “तपाईं प्रचण्ड हैन र ?” भनेर सोधे। प्रचण्डके “हो ” भनेर जवाफ दिए। त्यसपछि बस्नेतले “मेरो घरमा आगो लगायौं” भनेर आक्रोश पोखे।
नेकपा नेता तथा तत्कालिन नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले मदिरा सेवन गरेका व्यक्तिले विमानस्थलमा प्रचण्डमाथि चर्काे स्वरमा बाेलेकाे बताए । ‘मातेर बसेका व्यक्तिले मेरो घरमा आगो लगायौं भनेपछि पिएसओले साइड लगाएको रहेछ,’ उनले भने,‘दुर्व्यवहार गरेको होइन ।’
प्रहरी स्रोतका अनुसार तर प्रचण्डसँगै जाने बुद्ध एयरको जहाजमा काठमाडौं जाने तयारीमा रहेका उदयपुरका अनुपबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले एक जनालाई नियन्त्रणमा लिएकाे पुष्टि गरे । मादक पदार्थ सेवन गरेका व्यक्तीले प्रचण्डलाई गाली गरेकाे सूचनापछि पक्राउ गरिएको बताउँदै उनले प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।