नवलपरासी कारागारबाट भागेका पोखराका युवा पाल्पास्थित ससुरालीबाट समातिए

नवलपरासी कारागारबाट भागेका पोखराका युवा पाल्पास्थित ससुरालीबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०८२
  • 3.2K
    Shares

पोखरा, ९ कात्तिक २०८२।

जेन जी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट भागेका पोखरा घर भएका एक बन्दि पाल्पाबाट समातिएका छन्।

भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा नवलपरासी जिल्ला कारागारबाट भागेका पोखरा महानगरपालिका वडा नम्बर २१ का २८ वर्षीय समिर गुरुङलाई प्रहरीले पाल्पास्थित ससुरालीमा लुकेर बसेको अवस्थामा समातेको हो ।

प्रहरी चौकी प्रभास पाल्पाको टोलीले आइतबार बिहान ३ बजे गुरुङलाई तानसेन नगरपालिका-१० साडीखोलास्थित ससुराली घरबाट पक्राउ गरेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। गुरुङ लागुऔषध मुद्दामा जेल जीवन बिताई रहेका थिए।

पक्राउ परेका गुरुङलाई पाल्पा जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार