पोखरा ८ कार्तिक २०८२ ।
जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका एक कैदी स्याङ्जामा समातिएका छन्।
जेन जी आन्दोलनका क्रममा गएको भदौ २४ गते राती कास्की जिल्ला कारागारबाट भागेका स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ घर भएका २५ वर्षीय विश्वास नेपाली स्याङ्जामा समातिएका हुन्।
जबरजस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका विश्वास नेपालीलाई वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम, स्याङ्जाबट खटिएको विशेष अप्रेसन टोलीले शुक्रबार भिरकोट नगरपालिका वडा नम्बर १ दार्सिङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
पक्राउ परेका नेपालीलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला कारागार, स्याङ्जामा पठाईएको प्रहरीले जनाएको छ ।
स्याङ्जा ठेगाना भई कास्की कारागारबाट भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनमा भागेका १६ कैदीबन्दी अझै फरार रहेका प्रहरीले बताएको छ ।