पोखरा २ कार्तिक २०८२
पर्यटकीय नगरी पोखराको पर्यटकहरुको आकर्षणको केन्द्र मध्येको एक बौद्ध शान्ति स्तुपामा पर्यटक लुट्न खोज्ने दुई जनालाई प्रहरील पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नम्बर २२ बौद्ध शान्ति स्तुप नजिक अनदु जंगलमा एकाबिहानै जर्मन नागरिकलाई खुकुरी देखाई लुट्न खोजेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो।
जर्मन नागरिक हान्स पिटर मार्टिनलाई लुटपाट गर्न खोज्ने पोखरा ९ कृष्णटोल बस्ने वर्ष २४ को नबिन बिश्वकर्मा र तनहुको ब्यास नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २१ बिशाल दर्लामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुले अनदु जंगलमा ६७ वर्षीय जर्मन नागरिक मार्टिनलाई धम्क्याएर खुकुरी देखाई लुट्न खोजेपछि स्थानीय बासिन्दाहरुले समातेर प्रहरीलाई बुझाएको प्राप्त समाचारमा जनाइएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध आबश्यक कानूनी प्रक्रिया शुरु गरी अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।