युवती वलात्कारको आरोपमा स्याङ्जाबाट २५ वर्षीय युवा पक्राउ

युवती वलात्कारको आरोपमा स्याङ्जाबाट २५ वर्षीय युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ कार्तिक २०८२
  • 7K
    Shares

पोखरा २ कार्तिक २०८२।

युवती वलात्कारको आरोपमा स्याङ्जाबाट एक जना युवा पक्राउ परेका छन्।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर -१४ पेखुदेउराली बस्ने २५ वर्षीय सागर खवास युवती वलात्कारको आरोपमा पक्राउ परेका हुन्।

उनलाई वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले शनिबार वालिङ नगरपालिका वडा नम्बर १ ओडारेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

प्रहरीले अभियुक्त खवासबिरुद्ध गएको बैशाख १४ गते रातको समयमा वालिङकि एक युवतीलाई वलात्कार गरी भागेको आरोप लगाएको छ।

खवासबिरुद्ध स्याङ्जा जिल्ला अदालतमा जवरजस्ती करणी कसूरमा मुद्दामा मुद्दा दर्ता गरी आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार