पोखरा, ३१ असोज २०८२।
युरोपेली मुलुक रोमानियामा आगलागीमा जलेर मृत्यु भएका दुई नेपाली युवतीको शव नेपाल पठाइएको छ।
गत २९ सेप्टेम्बरमा रोमानियाको प्रहोभास्थित तातरानी सहरमा रहेको होटल डालेमा भएको आगलागीमा मृत्यु भएका इलामको माई नगरपालिका-७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका-९ घर भएकी २४ वर्षीया सुस्मिता तामाङको शव आज नेपाल पठाइएको हो।