चितवनमा पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा गोरखाका स्कुटर चालकको मृत्यु

चितवनमा पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा गोरखाका स्कुटर चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३१ असोज २०८२
  • 6.9K
    Shares

पोखरा, ३१ असोज २०८२।

चितवनमा पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको निधन भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००१ प १६८४ नम्बरको पर्यटक बसले बिहीबार ठक्कर दिँदा स्कुटर चालकको निधन भएको हो ।

उक्त दुर्घटनामा परेर स्कुटर चालक गोरखा साविक छोप्राक गाउँ विकास समिति वडा नम्बर २ बस्ने ४० वर्षीय दामोदर घिमिरेको निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

घिमिरेको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार