पोखरा, ३० असोज २०८२।
जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका ८१ जना बन्दी पोखराबाट पक्राउ परेका छन्।
गएको भदौ २३ र २४ गतेको आन्दोलनमा कारागारमा तोडफोड तथा आगजनी हुँदा भागेका बन्दीहरुलाई असोज २० गतेभित्र कारागारमा हाजिर हुन समय दिइएकोमा उक्त समयमा हाजिर नभएका ८१ जना बन्दीहरुलाई पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
पक्राउ गरिएका सबै कैदी तथा थुनुवाहरुलाई कास्की जिल्ला कारागारमा बुझाइएको पनि डिएसपी बस्नेतले बताए। उनले उक्त कारागारबाट भागेका तर हालसम्म बेपत्ता रहेका कैदी तथा थुनुवाहरूको खोजि भैरहेको र उनीहरुलाई पक्राउ गरेर आबश्यक कारबाहीका लागी कारागार पठाइने सपस्ता पारे।