सुनको सिक्री सफा गरिदिने बहानामा नक्कली सुनको सिक्री दिएर भागेका दुई जना भारतीयलाई तनहुँमा स्थानीय बासिन्दाले समाते

सुनको सिक्री सफा गरिदिने बहानामा नक्कली सुनको सिक्री दिएर भागेका दुई जना भारतीयलाई तनहुँमा स्थानीय बासिन्दाले समाते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० असोज २०८२
  • 4.7K
    Shares

पोखरा, ३० असोज २०८२।

सुनको सिक्री सफा गरिदिने बहानामा नक्कली सुनको सिक्री दिएर भागेका दुई जना भारतीयलाई तनहुँमा स्थानीय बासिन्दाहरुले समातेका छन्।

जिल्लाको ऋषिङ -६ डुकुडाँडामा शान्ति विकको ‘एक तोला सुनको सिक्री सफा गरिदिन्छु भन्दै बहाना गरेर नक्कली सुनको सिक्री दिएर भागेका दुई जना भारतीयलाई तनहुँमा स्थानीय बासिन्दाहरुले समातेका हुन्।

सुनको गहना सफा गरिदिने बहानामा नक्कली सुन दिएर भागेका दुई जना भारतीयलाई स्थानीय बासिन्दाले खोजी गर्दै जाँदा बुधबार ऋषिङ-८ मिलनचोकबाट सामतेको प्राप्त समाचारमा जनाइएको छ।

स्थानीय बासिन्दाले समातेका भारतीयहरुको पहिचान खुल्न बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार