पोखरा, २९ असोज २०८२।
चितवनको रत्ननगरमा रहेको दाना उद्योगको भित्ता भत्किंदा उद्योगमा काम गर्ने तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
रत्ननगर नगरपालिका वडा नम्बर १२ स्थित शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको भित्ता आज बिहान ९ः५० को समयमा भत्किँदा तीन जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुने मजदुरहरुमा चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने ४५ वर्षका शुकराम दराइ, गोरखा घर भई हाल रत्ननगर नगरपालिका १२ बस्ने वर्ष ५४ को रेशम दमाई र सोही ठाउँको ४५ वर्षीय कमल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उक्त घटनामा पर्सा घर भई हाल रत्ननगर नगरपालिका १२ बस्ने ३९ वर्षका जितेन्द्र महतो र सोही ठाउँको अन्दाजी ४० वर्षका अंकज प्रसाद थारू घाइते भएका छन् र
मध्यम घाइते भएका उनीहरूको उपचार चितवन मेडिकल कलेजमा भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।