पोखरा, २८ असोज २०८२।
नक्कली पेस्तोल देखाएर पोखरामा लुटपाट गर्ने एक युवालाई स्थानीयले समाएर प्रहरीलाई बुझाएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १२ शितलदेवीको हिटिमार्गस्थित स्थानीय देविकला अधिकारीलाई सोमबार बेलुकी नक्कली पेस्तोल देखाएर सुनका गरगहना लुटपाट गर्ने युवालाई स्थानीय बासिन्दाले समाएर प्रहरीलाई बुझाएका हुन्।
स्थानीय बासिन्दाले अधिकारीको सुनका गरगहना लुटेर भाग्दै गर्दा पर्वतको मोदी गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २० भलाम बस्ने वर्ष २४ को सुजन वि.क.लाई समाएर वडा प्रहरी कार्यालय रामबजार पोखराको जिम्मा लगाएको प्रहरी स्रोतले जानकारी दिएको छ।
नक्कली पेस्तोल (खेलौना) १ थान र निजले प्रयोग गरेको ग १३ प ९८३२ न. को मो.सा. सहित पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार , सोमबार बेलुकी करिब ८:३० बजे अधिकारीको घाँटी र कानमा लगाएको सुन तान्ने क्रममा महिलाले हार गुहार गरेपछि ती बिक भागेका थिए । ग १३ प ९८३२ नम्बरको पल्सर मोटरसाइकलमा आएका बिकले सिक्री तानेर कानको रिङ तान्न लाग्दा केही समय लछार पछार भएको र बिक मोटरसाइकल चढेर भाग्न खोज्दा ढले पछि पछि हेलमेट नै लगाएर भागेका थिए । त्यही क्रममा छिमेकीहरुले तुरुन्त प्रहरीलाई खबर गरेका थिए।
लुटपाट हुँदै गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अभियुक्त बिकलाई नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ।
बिकलाई पोखरा–१२ को भेटनरी नजिकबाट रामबजार प्रहरीले युवालाई नियन्त्रणमा लिएको छ ।