पोखरा, २५ असोज २०८२।
जेन जी आन्दोलनका क्रममा म्याग्दी जिल्ला कारागारबाट भागेका एक जना भारतीय बन्दीसहित पांच जना अझै कारागार फर्किएका छैनन्। कारागार नफर्किने पाँच जनामध्ये चार जना जघन्य अपराधमा संलग्न रहेका छन्।
म्याग्दी जिल्ला कारागारले दिएको जानकारी अनुसार, कर्तब्य ज्यान मुद्दाका कैदीहरु रघुगंगा ४ म्याग्दीका के बहादुर गर्बुजा, धवलागिरी ४ म्याग्दीका अमृत पूर्जा र पुथा उत्तरगंगा ९ , पूर्वी रुकुमका अमृत बिक अझै कारागारमा फर्किएका छैनन्।
त्यस्तै जबरजस्ती करणी मुद्दाका बेनी ५ म्याग्दीका बिक्रम भन्ने कमल परियार र लागू औषध (खैरो हिरोइन) सम्बन्धि मुद्दाका भारतीय नागरिक मोतिहारी जिल्ला पूर्वी चम्पारण ६ बिहार , भारतका अजित कुमार पासवान पनि कारागार नफर्किएको म्याग्दी जिल्ला कारागार बेनीले जनाएको छ।
यसैबीच म्याग्दी जिल्ला कारागारबाट भागेका बन्दीहरु खोजि गर्न गठित समितिले कारागारबाट भागेका बन्दीहरु कोहि कसैले देखेमा नजिकको प्रहरी कार्यालयहरुमा खबर गरिदिन अनुरोध गरेको छ भने कोही कसैले फरार बन्दीलाई लुकाई छिपाई राख्न सहयोग गरेको भेटिएमा कानून बमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।
उक्त समितिले फरार कैदी बन्दीहरुलाई कारागार फर्काउने कार्यमा सुचना दिन सहयोग गरिदिन पनि आम जनतासंग आव्हान पनि गरेको छ।