काठमाडौँको टोखामा ४० वर्षीय लिम्बुको हत्या : दुई जना पक्राउ

काठमाडौँको टोखामा ४० वर्षीय लिम्बुको हत्या : दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ असोज २०८२
  • 4.5K
    Shares

पोखरा, २४ असोज २०८२। काठमाडौँको टोखामा गएराती एक जनाको हत्या भएको छ।

टोखा नगरपालिका- २ चण्डेश्वरी बस्दै आएका पाँचथरका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो।

फलामको रड प्रहारबाट गम्भीर घाइते भएका लिम्बुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।
लिम्बुको हत्या आरोपमा टोखा बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई बिहीबार राति नै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले विवादको क्रममा फलामको रड प्रहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार