काठमाण्डौको माइतीघरबाट डा. निकोलस भुसालसहित थप दुईजना गि’रफ्तार

काठमाण्डौको माइतीघरबाट डा. निकोलस भुसालसहित थप दुईजना गि’रफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ असोज २०८२
  • 5.4K
    Shares

काठमाडौं, २३ असोज २०८२। ।

डा. निकोलस भुषाल काठमाण्डौको माइतीघरबाट पक्राउ
काठमाडौंको माइतीघरबाट डा. निकोलस भुशाल्साहित थप दुई जना गिरफ्तार भएका छन।

माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा डा. निकोलस भुशाल्साहित थप दुई जना गिरफ्तार भएका हुन् ।

पक्राउ पर्नेमा डा. निकोलस भुसाल र एसपी साह छन् । यसअघि प्रहरीले सञ्जि दाहाललाई पक्राउ गरेको थियो । यो सँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

जेन–जीका विभिन्न समूहहरुले माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260