आश तमु, पोखरा २६ बैशाख । नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी ‘ जगनबा ‘ मंगलवार साझ पोखरा छोरेपाटनबाट पक्राउ परेका छन।
स्थानीय निर्वाचनको विरोध गरिरहेको नेपाल क्म्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई उच्च निगरानीमा राखेको प्रहरीले कास्की जिल्ला सेक्रेटरी जगन लाई नियन्त्रणमा लिएको जनाएको छ । निर्वाचन विरोधी गतिविधि हुन नदिन उनलाई पक्राउ गरिएको स्रोतले बतायो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई साझ ६ बजे छोरेपाटनबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट चुनाब बिरोधी पर्चा र चन्दा रसिद बरामद गरिएको वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख प्रहरी निरिक्षक् मोहनमणि अधिकारीले जानकारी दिए l नेता तिवारीलाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ l