पोखरा १४ असोज २०८२
दाङमा वडाध्यक्षको घर भत्किँदा तीन जना घाइते भएका छन्।
घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष ज्ञानबहादुर रैमाझीको घर आज बिहानै भत्किँदा तीन जना घाइते भएका हुन्।
उक्त घर भत्किंदा वडाध्यक्ष रैमाझीकी श्रीमती, छोरी र बहिनी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र रैमाझीको घर भत्किएको खबर पाएपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीहरूले संयुक्त रुपमा उद्धार गरेका थिए। उनीहरुले घरभित्र पुरिएका सम्पूर्ण सामान निकालेको पनि प्राप्त समाचारमा जनाइएको छ।