काठमाडौ, वैशाख २६ गते ।
संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले वैशाख २९ गते देशका विभिन्न ठाउँमा विरोधसभा गर्ने तथा जेठ १ गते देशका विभिन्न ठाउँमा मोटरसाइकल र्यालीको कार्यक्रम घोषणा गरेको हो ।
वैशाख ३१ गते हुने पहिलो चरणको चुनाव अघि सविधान संशोधन विधेयक पारित गराउने सरकारसँग सहमति भएको थियो तर विधेयक पारित नगराई जेठ ४ गतेका लागि संसद बैठक सारेको प्रति विरोध जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको बताइएको छ ।
जेठ ४ गते बस्ने संसदको बैठकबाट संशोधन विधेयक पारित नभए थप सशक्त आन्दोलनका कार्यक्रम तय हुने गठबन्धनले जनाएको छ ।