दशैंको अवसरमा मुगुमा आयोजित फुटबल प्रतियोगितामा कुटाकुट : चार जना घाइते

दशैंको अवसरमा मुगुमा आयोजित फुटबल प्रतियोगितामा कुटाकुट : चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० असोज २०८२
  • 3.3K
    Shares

पोखरा १० असोज २०८२ ।

मुगुमा आयोजित एक फुटबल प्रतियोगितामा कुटाकुट हुँदा चार जना घाइते भएका छन्।

बडादशैँका अवसरमा मुगुको सोरु गाउँपालिका भिइमा अलस्टार युवा क्लबद्वारा आज आयोजित फुटबल प्रतियोगितामा कुटाकुट हुँदा चार जना घाइते भएका हुन् ।

उक्त फुटबल प्रतियोगिताको औपचारिक कार्यक्रमको शुरुमै भएको बिबादमा सोही गाउँपालिका–३ का पवन कार्कीलगायतको टिमले धारिलो हतियार प्रहार गर्दा सोही वडाका प्रकाश धामी, प्रकाश कार्की, जीवन धामी र हिक्मतजंग धामी घाइते भएका सोरुबर्मा प्रहरीचौकी इन्चार्ज देवबहादुर खड्काले जानकारी दिए।

झडपमा परी गम्भीर घाइते भएकामध्ये तीनजनालाई गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हेलिकप्टरमार्फत उपचारका लागि प्रदेश अस्पताल पुर्‍याएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए।

वडाध्यक्ष सिंहबहादुर धामीले घटनास्थलमा आफू नभएको भए पनि गत वर्षको पुरस्कार नदिएको भन्दै यसअघि खेलाडीहरू रिसाएकाले कुटाकुट भएको भन्ने आफूले सुनेको बताए। केही समयअघि पनि उक्त समूहबीच कुटाकुट भएको थियो।

यता घटनाको मुचुल्का गर्न पुगेका सोरुबर्मा प्रहरीचौकी इन्चार्ज देवबहादुर खड्काको टोली घटनास्थल पुगेको छ। आजको घटनामा धारिलो हतियार प्रयोग गर्ने पवन कार्की भनिने व्यक्ति भर्खरै केही महिनाअघि मात्र जेलबाट छुटेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार