धनगढीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई युवाको मृत्यु

धनगढीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० असोज २०८२
  • 3.8K
    Shares

पोखरा, १० असोज २०८२ ।

कैलालीको धनगढीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–७ जेपी चोकनजिक रोकि राखेको सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको ट्रकमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ट्रकको पछाडीको भागमा बिहीवार साँझ ७ः५० बजे ठोक्किदा दुई जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय अनिस सिंह र १९ वर्षीय गणेश कुवँरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते सिंहलाइ उपचारार्थ सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थिए भने गम्भीर घाइते कुवरको उपचारको क्रममा राति ११ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनापश्चात ट्रक र ट्रक चालक चुरे गाउँपालिका-३ बस्ने २९ वर्षीय प्रकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार