ट्याक्सीमा राखेर बुटवलबाट पोखरातर्फ ल्याइदै गरेको अबैध लागू औषधसहित दुई जना स्याङ्जामा पक्राउ परेका अच्हन।
तनहुँको व्यास नगरपालिका वडा नम्बर – ०५ घर भएका ३२ वर्षीय अशोक बाँचे मगर र पोखरा महानगरपालिका वडा नम्बर-२३ पामे बस्ने २७ वर्षीय नबिन परियार बुटवलबाट ट्याक्सीमा राखेर पोखरा ल्याउदै गरेको अबैध लागु औषधसहित स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ शहिचोकस्थित सिद्धार्थ राजमार्गबाट पक्राउ परेका हुन्।
प्राप्त बिशेष सुचनाका आधारमा बिहिबार साँझ साढे छ बजेको समयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष प्रहरी टोलीले पुतलीबजार १ शहिचोकस्थित सिद्धार्थ राजमार्गमा चेकजांच गर्दा उनीहरु पक्राउ परेका प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट अबैध लागू औषध फेनारागन ९० थान, डाईजेपाम ९० थान , बुप्रेओफ़िन ९० थान बरामद भएको प्रहरीले बताएको छ। उनीहरुले उक्त परिमाणको अबैध लागू औषध ट्याक्सीको चालक सिटमुनी लुकाई छिपाई ल्याएको बताइएको छ।
उनीहरुबिरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।