मलद्वारमा लुकाएर सुन तस्करी : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय पक्राउ

मलद्वारमा लुकाएर सुन तस्करी : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ असोज २०८२
  • 3.2K
    Shares

arrest

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याएको करिब आठ सय ३५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

इन्डिगो एयरको उडानबाट मंगलबार दिउँसो मुम्बईबाट काठमाडौं आएका ४८ वर्षीय भारतीय नागरिक रोनक मदनीलाई विमानस्थलको भन्सार क्षेत्रबाट उक्त परिमाणको सुनसहित पक्राउ गरिएको हो।

मदनीलाई आगमन भन्सार क्षेत्रमा जाँच गर्ने क्रममा प्रहरीले शंकाको आधारमा नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका लागि केएमसी अस्पतालमा लगि भिडियो एक्सरे गर्दा उनको मलद्वारभित्र तीनवटा डल्लामा लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मदनीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइने तयारी भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार