महाराजगन्ज प्रहरी वृत्तका दुई प्रहरीको हत्या आरोपमा पौडेल पनि पक्राउ

महाराजगन्ज प्रहरी वृत्तका दुई प्रहरीको हत्या आरोपमा पौडेल पनि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ असोज २०८२
  • 8.5K
    Shares

पोखरा, ८ असोज २०८२ ।

जेन जी आन्दोलनको क्रममा काठमाण्डौको महाराजगन्ज प्रहरी वृत्तका दुई जना प्रहरीको हत्या गरेको आरोपमा अर्का एक जना पनि पक्राउ परेका छन्।

वृत्तका असई मिलन राय र प्रहरी जवान उत्तम थापाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका ओम पौडेललाई पक्राउ गरेको हो। यसअघि काभ्रेका युवराज क्याप्छाकी पक्राउ परिसकेका छन् ।

सामाजिक सञ्जालहरुमा सार्वजनिक भिडियोमा उनीहरु लगायतका आन्दोलनकारीहरुले ड्युटीमा रहेका प्रहरीहरुलाई कुटी कुटी हत्या गरेको देखिएको थियो।

उनीहरुबिरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। २४ भदौको आन्दोलनमा महाराजगञ्ज वृत्तका असई मिलन राय (सिन्धुली) र जवान उत्तम थापा (दार्चुला) मारिएका थिए। त्यस्तै, प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ (कास्की) को पनि हत्या भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार