कारागारबाट भागेका दुई जना बन्दी स्याङ्जामा पक्राउ परे

कारागारबाट भागेका दुई जना बन्दी स्याङ्जामा पक्राउ परे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ असोज २०८२
  • 3.4K
    Shares

पोखरा, ८ असोज २०८२ ।

कारागारबाट भागेका दुई जना बन्दी स्याङ्जामा पक्राउ परेका छन्।

जेन जी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौंबाट भागेका स्याङ्जाको चापाकोट नगरपालिका–४ का ३४ वर्षीय विनोद दर्जी र कास्की कारागारबाट भागेका भीरकोट नगरपालिका–३ का यमबहादुर रोकालाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको हो।

दर्जी केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौंमा जबरजस्ती करण मुद्दामा सजाय भुक्तान गर्दै आएका थिए भने कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आएका थिए।

सादा पोशाकमा खटिएको प्रहरीको टोलीले दर्जीलाई बिरुवा गाउँपालिका–६ धरादीबाट र रोकालाई भीरकोट नगरपालिका–३ स्थित उनकै घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी प्रशन्नराज चौधरीले जानकारी दिए ।

उनीहरुलाई कैद भुक्तानका लागि स्याङ्जा जिल्ला कारागारमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार