सराङकोट सहकारीको फेरियो नेतृत्व : नयाँ अध्यक्ष बने बानियाँ

सराङकोट सहकारीको फेरियो नेतृत्व : नयाँ अध्यक्ष बने बानियाँ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ असोज २०८२
  • 4.8K
    Shares

पोखरा, ८ असोज २०८२ ।

पोखरास्थित सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले शिवबहादुर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

नवगठित कार्यसमितिमा रामममणि पौडेल उपाध्यक्ष, जयराम पौडेल सचिव र कोशाध्यक्ष शिवबहादुर थापा रहेका छन्। त्यस्तै छविलाल तिमिल्सिना, आरती श्रेष्ठ, रिता क्षेत्री, ध्रुवकुमार सुञ्चौरी, र पुष्पा महर्जन सञ्चालक सदस्यमा निर्वाचित भएका छन्। लेखा समिति संयोजकमा कुलप्रसाद सुवेदी तथा मायकुमारी शर्मा र तारादेवी थापा सदस्य चयन भएको सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाले जानकारी दिएको छ।

संस्थाका ज्येष्ठ सदस्य अधिवक्ता डा. कृष्णगोपाल पराजुलीले उक्त साधारण सभाको उद्घाटन गरेका थिए।

साधारण सभामा निवर्तमान अध्यक्ष कृष्ण थापाले प्रस्तुत गरेको विवरण अनुसार , हाल सहकारीमा ६ सय ३९ जना शेयर सदस्य रहेका छन् भने संस्थाले यस आर्थिक वर्षमा एकअर्ब ८९ करोड रुपियाँ बचत सङ्कलन गरेको छ भने १ अर्ब ७८ करोड रुपियाँ बचत फिर्ता गरेको छ ।

कार्यक्रममा शेयर सदस्य अधिवक्ता गोविन्द पौडेल लगायतका वक्ताहरूले आआफ्ना धारणा राख्दै सहकारीको दिगो विकासका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शेयर सदस्य अधिवक्ता गोविन्द पौडेल, शेयर सदस्यहरू मध्ये बचत, कारोबार, नियमित कर्जा, प्रोत्साहन सहित संस्थामा उत्कृष्ट कर्मचारी सम्मान पवन श्रेष्ठ, सदस्यमध्ये ज्येष्ठ सदस्य सनकमान बाटाजु र शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष प्रेमबहादुर जि.सी, सुशीलराज पराजुली, सल्लाहकार सोभियतबहादुर अधिकारी, कमलनयन गौतम, डा. इन्द्रमान महर्जन, इन्द्रकमल मानन्धर, निर्वाचन समिति संयोजक चिन्तामणी बास्तोला, सदस्य गणेशबहादुर अधिकारी, सञ्चालक सदस्य विकल पौडेल र तारादेवी थापा लगायतले सहकारीलाई दिगो रूपमा परिणाम दिन सक्ने गरी योजना बनाउनु पर्ने उल्लेख गर्नु भयो ।

२०६३ सालमा सामुदायिक सहभागितासहित रेडियो सराङ्कोट सञ्चालन गर्दै सहकारीले सामाजिक तथा रचनात्मक गतिविधिहरू, रक्तदान तथा शैक्षिक सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अध्यक्ष थापाले सहकारीले आगामी दिनमा अझ प्रभावकारी कार्य गर्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार