मोटरसाइकलसहित बेपत्ता बागलुङका युवा १७ दिनपछि दरमखोलामा मृत भेटिए

मोटरसाइकलसहित बेपत्ता बागलुङका युवा १७ दिनपछि दरमखोलामा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ असोज २०८२
  • 5.9K
    Shares

गलकोट नगरपालिका– ६ सदरमखोलाको मसरा

बागलुङ ७ असोज २०८२।

मोटरसाइकलसहित बेपत्ता भएका बागलुङका एक युवा १७ दिनपछि स्थानीय एक खोलामा मृत भेटिएका छन्।

मोटरसाइकलसहित बेपत्ता ताराखोला गाउँपालिका–२ का २३ वर्षीय भिमबहादुर घर्ती गलकोट नगरपालिका– ६ स्थित दरमखोलाको मसरामा मृत भेटिएका हुन्।

सोमबार दिउँसो करिब ३ बजेको समयमा बडिगाड गाउँपालिका– ७ घर भई हाल गलकोट नगरपालिका– ६ बस्ने ३० वर्षीय सन्जिव विकले दरमखोलामा माछा मार्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ दरमखोला पुगेको प्रहरी टोलीले शबको सनाखत गराएर शवको पोष्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा लगिएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

घर्ती गएको भदौ २१ गते साँझ ताराखोलाबाट गलकोटतर्फ मोटरसाइकलमा आउँदै गर्दा दरमखोलामा बेपत्ता भएका थिए। ताराखोला गाउँपालिका– १ को गाईघाट झरना नजिकै सडकमा उनले लगाएको चप्पल भेटिएसँगै घर्ती दरमखोलामा मोटरसाइकलसँगै खसेको आशङ्कामा दरमखोलामा सशस्त्र प्रहरी, प्रहरी, स्थानीय लगायतको टोलीले खोजिकार्य तीव्र पारेको थियो । खोजबिनका क्रममा घर्ती फेला नपरे पनि उनी चढेको मोटरसाईकल गाईघाट झरनाभन्दा केही तल दरमखोलामा फेला परेको थियो ।

अहिले शवको पोष्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा लगिएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार