जेन जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका अमेरिकी काठमाण्डौमा समातिए

जेन जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका अमेरिकी काठमाण्डौमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ असोज २०८२
  • 2.9K
    Shares

कास्की कारागार

पोखरा, ७ असोज २०८२।

जेन जी आन्दोलनका क्रममा पोखरास्थित कास्की जिल्ला कारागारबाट भागेका अमेरिकी नागरिक काठमाण्डौमा समातिएका छन्।

भदौ २४ गते आन्दोलनकारीले कारागार र सुधार गृहमा आक्रमण गर्न थालेपछि कास्की जिल्ला कारागारबाट भागेका अमेरिकी नागरिक मिचेल नोर्मान टेलर काठमाडौँको महाराजगन्जबाट समातिएका हुन्।

उनी बाल यौन दुराचारको आरोपमा दोषी ठहर भै कास्की जिल्ला कारागारमा बन्दी जीवन बिताई रहेका थिए।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डिएसपी धरमाराज भण्डारीले सोमबार महाराजगन्जबाट समातिएका अमेरिकी नागरिक टेलरलाई अब सम्बन्धित कारागार बुझाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

असोज ६ गतेसम्म कास्की जिल्ला कारागारमा चारसय जना बन्दी आएको कारागारका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । कारागारका तीन सय ७२ जना कैदी अझै फरार छन् ।

यसैगरी पोखरा–१८ ग्यारजातीमा रहेको बाल सुधार गृहमा रहेका १ सय ९ जना बाल बन्दी मध्ये हालसम्म मंगलबारसम्म ४८ जना सुधार गृहमा आइसकेको सुधार गृह प्रमुख डासी पौडेलले बताए । मंगलबारसम्म ४८ जना सुधार गृहमा आइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार