पोखरा, ६ असोज २०८२।
गत भदौ २३ गते र २४ गते भएको जेनजी आन्दोलनमा प्रहरी प्रभाग हरिसिद्बी ललितपुरको कार्यालयबाट
जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित प्रहरी प्रभाग हरिसिद्धि कार्यालयबाट लुटिएको दुई थान पेस्तोलसहित एक युवा पक्राउ परेका छन्।
ललितपुरको गोदावरी नगरपालिका- १४ ठैब खुस्बुटोल डेरा गरी बस्ने ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-३ का वर्ष २४ को दीपक राई गत गत भदौ २३ गते र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग हरिसिद्धिको कार्यालयबाट हतियार लुटेको आरोपमा पक्राउ परेका हुन्। उनीहरुको साथबाट दुई थान पेस्तोल र सोमा लाग्ने म्यागजिन थान-२ र गोली १३ राउण्ड समेत बरामद भएको प्रहरीले जनाएको छ।
गोप्य सूचनाको आधारमा प्रहरीले उनको पहिचान गरी खोजतलास गर्ने क्रममा राईले आफ्नो डेराकोठामा लुकाई छिपाई राखेको अवस्थामा सो हतियार बरामद भएको हो।
राई उपर हातहतियार खरखजना तथा संगठित अपराध मुद्दा समेतमा ललितपुर जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद लिई थप अनुसन्धान भई रहेको छ।