टिकटक बनाउदै पौडी खेल्दै गरेका दुई युवाहरुको रुपन्देहीको गैडातालमा डुबेर मृत्यु

टिकटक बनाउदै पौडी खेल्दै गरेका दुई युवाहरुको रुपन्देहीको गैडातालमा डुबेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ असोज २०८२
  • 4.8K
    Shares

गैंडातालमा उद्धार गर्दै प्रहरी

पोखरा, २ असोज २०८२।

टिकटक बनाउदै पौडी खेल्दै गरेर रमाइलो गरिरहेका दुई युवाहरुको रुपन्देहीको गैडातालमा डुबेर मृत्यु भएको छ।

रुपन्देहीको गैडहवा गाउँपालिका–१ असिधवाका १८ वर्षीय दिपेश थारु र उनका साथी अरुण थारुको टिकटक बनाउदै पौडी खेल्दै गरेर रमाइलो गरिरहेका बेला गैडातालमा डुबेर मृत्यु भएको हो ।

गैडहवा १ का वडाध्यक्ष प्रदीप कुमार चौधरीका अनुसार, बुधबार दिउँसो गैडहवा गाउँपालिकामा रहेको गैडहवा तालमा स्थानीय युवाहरुको पांच जनाको समूह गएको थियो । उनीहरू बिहान करिब ११ बजे घरबाट गैडाताल घुम्न निस्किएका थिए।उनीहरुले टिकटक बनाउँदै पौडिँदै गरिरहेका थिए ।

दिउँसो करिब ४:१० बजेतिर दिपेश थारु तालमा पौडी खेल्ने क्रममा डुब्न थालेपछि उनलाई बचाउन अरुण थारु पनि तालमा पसेका थिए। तर, दुबैजनाले ज्यान गुमाएका छन्। मृतकहरूको शव पोस्टमार्टमका लागि भैरहवास्थित भिम अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार